लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ
। फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन् । ३८०० मिटरको उचाईंमा रहेको फिकुरी डाँडाबाट लाङटाङ लिरुङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । एक्कासी परेको भारी हिमपातका कारण पदयात्री समुह भेडीखर्कबाट फर्किएको थियो ।
‘हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब हो यो’, बाक्लो हिउँमा उभिएर नेपाल पर्यटन बोर्ड सदस्य दीपक महतले भने, ‘महासागरले घेरेको एउटा टापु देशमा यात्रा गर्दाको अनुभुति समेटिएको पुस्तक भारी हिमपातबीच हिमाली एड्भेन्चरका प्रोफेसनलहरुबाट सामुहिक रुपमा विमोचित हुनु पुस्तक विमोचनकै इतिहासमा एउटा विशेष घटना हो ।’ कृतिमाथि शुभकामना टिप्पणी गर्दै यात्रा आयोजक रसुवा–नुवाकोट पर्यटन समाज ९आरएनपीएस०का कार्यवाहक अध्यक्ष शिव लामिछनेले भने, ‘लेखक सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्नेछ भन्ने अपेक्षा गरेका छौं ।’
फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा एनटीवी सदस्य महत, आरएनपीएसका कार्यवाहक अध्यक्ष लामिछाने, लेखक सिलवाल, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका द्धितिय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज् एशोसिएसन ९टान०का कोषाध्यक्ष ऋतु ग्यामदान, चराविज्ञ जयनाथ भण्डारी, टिम लिडर उर्जा तामाङ, दिनेश तामाङ, गगन न्यौपाने लगायतलगायत ३० पदयात्री सहभागी थिए । श्रीलंका प्रेस एशोसिएसन ९एसएलपिए०को ६३ औं बार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथीका रुपमा श्रीलंकामा निम्त्याइएका टुर–टेकिङ गाइड तथा टेकिङ प्रशिक्षकसमेत रहेका सिलवालले त्यही बेलाको एक साता लामो श्रीलंका यात्रालाई पुस्तकमा समेटेका छन् ।
‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो । त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन्’, कन्फिडिरेसन अफ एशियन जर्नलिस्ट युनियनका उपाध्यक्ष समेत रहेका किस्पाङनिवासी अशोक सिलवालले भने, ‘त्यसका लागि यात्रा आयोजक आरएनपीएस र यात्रामा जोडिएका विदुर, सूर्यगढी, किस्पाङ, उत्तरगया र कालिका गाउँपालिकाका जनप्रतिनिधी, स्थानीय र सहयात्री सबै धन्यवादका पात्र हुन् ।