विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिएकाले नेपालमा पनि चासो र चिन्ता देखिएको छ।
नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दहालले आवश्यक सावधानी अवलम्बन गरी परीक्षा सञ्चालन हुने बताएका छन्।
यसपालि एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुन लागेको छ।सचिव दहालका अनुसार एसईईका परीक्षार्थीलाई सङ्क्रमण भएको शङ्का लागे छुट्टै राखेर परीक्षा दिन लगाउने विषयमा स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको छ।एसईई परीक्षा सार्न सकिने अवस्था छैन। लगभग सबै क्षेत्रमा प्रश्नपत्रहरू पुगिसकेका छन्, दाहालले भने।
कुनै विद्यार्थीलाई ज्वरो आयो वा रुघाखोकी लागेको छ भने छुट्टै राखेर परीक्षा दिन लगाउने व्यवस्था गर्ने भनेर सल्लाह गरेका छौँ। सम्भवतस् त्यो अनुसारको सूचना हामी चाँडै जारी गर्छौं।ू
कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन केही दिनअघि सरकारले धेरै मानिस भेला हुने सभा, सम्मेलन, भोजजस्ता कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको छ ।बिविसिबाट