कोरोनाविरुद्ध सबै सरकार एकजुट हुने : सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा



कोरोना भाइरसको सङ्क्रमण रोकथामबारे स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई काठमाडौँ बोलाएका छन् ।उपप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिको बैठक आज मध्यान्ह १ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारहरूले गरेका कामको प्रगती र नयाँ रणनीतिबारे छलफल हुनेछ

मुख्यमन्त्रीहरूसँग कोरोना भाइरसको सङ्क्रमण रोकथामबारे भइरहेको गतिविधिको जानकारी लिन र एकीकृत कार्यक्रम तय गर्न छलफल बोलाइएको हो ।

प्रदेश सरकारहरूले पनि सङ्घीय सरकारकै नीति अनुरूप कोरोना भाइरसको सङ्क्रमण रोकथामबारे कार्यविधि समेत बनाइसकेको छ ।

३१ डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाका कारण ५ हजार ८३९ जनाको ज्यान गइसकेको छ । १५२ देशमा पुगेको कोरोनाको संकेत १ लाख ५६ हजार ७६६ जनामा देखिएको छ ।

प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार  ६ : ५२ बजे