प्रदेश नम्बर २ कालागी प्रस्ताव गरिएका तीनवटै नाम अस्वीकृत



प्रदेश दुईको नामका लागि प्रस्तावित तीनवटै प्रस्ताव अस्वीकृत भएका छन्।

बैठकमा पहिलो प्रस्तावका रुपमा नेपाल कम्युनिस्ट पार्टीले प्रदेशको नाम जानकी राख्न प्रस्ताब गरेको थियो तर त्यो प्रस्ताब पनि स्विकृत हुन सकेन ।

जानकी नामका पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको हो।

प्रदेशसभामा सत्तारूढ समाजवादी(राजपा)ले प्रस्ताव गरेको मधेश प्रदेश प्रस्ताब गरेको थियो तर उक्त प्रस्ताब पनि स्विकृत हुन सकेन ।

प्रदेशसभामा समाजवादीको ३०, राजपाको २५ सांसद छन्।

तेस्तै नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामको प्रस्तावमाथि मंगलबार प्रदेशसभामा मतदान भएको थियो।उक्त प्रस्तावका पक्षमा प्रदेशसभाका ४२ जनाले मतदान गरे भने विपक्षमा ६५ मत खसेको छ ।

प्रदेशसभामा कांग्रेसले नै प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको थियो।

प्रदेशको नाम राख्न दुई तिहाई मत चाहिन्छ ।

कुनैपनि प्रस्तावमा दुई तिहाई मत आएन भने पुनः अर्को चरणको प्रक्रियामा जाने प्रबधान रहेको छ ।

 

प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार  २ : ५३ बजे