२५ जनाभन्दा धेरै मलामी नआउन कोषको आग्रह : भोलिबाट पशुपतिनाथमा आरती बन्द हुने



कोरोना सङ्क्रमणा त्रासको असार अब पशुपति क्षेत्र र आर्यघाटमा समेत देखिने भएको छ ।सरकारले २५ जनाभन्दा बढी मलामी नाआउन अनुरोध गरे सगै पशुपती क्षेत्रमा समेत कोरोना त्रासको असार देखिने भएको हो । सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरे पछिपशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको छ।

सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।“हामीले निर्देशन पालना गराउन अनुगमन टोली पनि गठन गरिसकेका छौं,” सदस्य सचिव ढकालले भने, “कडाइका साथ निर्देशन पालना गर्नेछौं ।”

उनका अनुसार नियमित नित्य पूजा नियमित चलिरहन्छ, तर बाहिरको पशुपति आरती भने भोलिदेखि बन्द हुनेछ । उनले अघि भने,’विशेष पुजा गर्नेहरु पनि विस्तारै घट्दैछन्, त्यो पनि केही दिनमा स्वतः बन्द हुने अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  १० : ४१ बजे