भारतसग जोडिने दाङका २६ वटै सीमानाका अनिश्चितकालका लागि बन्द



कोरोना भाइरस संक्रमण रोकथामको प्रयासमा भारतसँग जोडिएका दाङका २६ वटै सीमानाका अनिश्चितकालका लागि बन्द गरिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भारतका अधिकारीहरुसँग छलफल गरी साना–ठूला गरी सबै २६ वटै नाका स्थिति सामान्य नहुन्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिए ।

शनिबारदेखि नै नाकाबाट आवतजावत बन्द गरी सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको टोलीलाई निगरानीका लागि खटाइएको उनले बताए ।

भारतसँग जोडिएको दाङको प्रमुख नाका कोइलाबास हो । तर गढवा र राजपुर गाउँपालिकामा साना–ठूला गरी २६ वटा नाका छन् ।

यसअघि प्रमुख नाका कोइलाबासमा हेल्थडेस्क स्थापना गरी स्वास्थ्य परीक्षण गरेर मात्र आवत–जावत गर्न दिइएको थियो ।

प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार  १० : ३२ बजे