मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदेशबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नैपर्ने स्याङ्जाको वालिङ नगरपालिकाको निर्णय



स्याङ्जास्थित वालिङ नगरपालिकाले विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा बस्नैपर्ने निर्णय गरेको छ। शनिबार बसेको सर्वदलीय बैठकमा संक्रमण फैलिएका देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा बस्न बाध्यकारी बनाउने निर्णय भएकाे हो।

क्वारेन्टाइनमा बस्न इन्कार गरेर होटेलमा बस्न इच्छा राखे होटललाई नै क्वारेन्टाइनमा रुपान्तरण गर्ने निर्णय पनि गरिएको छ। चिकित्सकलाई आवश्यकपर्ने सुरक्षा कवच सामग्री (पिपिई) बनाउने जिम्मेवारी नगरपालिकालाई दिएको छ।

कोरोना भाइरस परीक्षणका लागि आवश्यक किट खरिद गर्न रकम जुटाउन सहयोग अभियान सञ्चालन गर्ने निर्णय भएको सत्तारुढ दल नेकपाका नगर अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी दिए। सर्वदलीय बैठकले लकडाउनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। नगर क्षेत्रमा काेही संक्रमित देखिएमा राजनीतिक दल सम्मिलित टोली बनाई योजना बनाउने उनले जानकारी दिए।

सवारी साधानलाई कुपनका आधारमा डिजेल वितरण गरिने जनाइएको छ। कुपन नगरपालिकामार्फत् उपलब्ध हुने व्यवस्था मिलाइएको छ। ५ वटा एम्बुलेन्स प्रशासनले सञ्चालनमा ल्याउने बताइएको छ। किसानले उत्पादन गर्ने वस्तुको सहज बिक्रीको प्रबन्ध गर्ने समेत निर्णय भएकाे छ। नगरभित्र उपभोग्य वस्तुको अभाव भएमा आपूर्ति गर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ७ : २५ बजे