बुटवलस्थित अस्थायी कोरोना अस्पतालमा हिजो निधन भएका ३४ वर्षीय बिरामीको पहिलो स्वाब परीक्षण नतिजा कोरोना ‘नेगेटिभ’ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको पहिलो टेष्टमा उनमा कोरोना नेगेटिभ देखिएको हो ।
दुवईबाट गत चैत ७ गते नेपाल आएका सैनामैनाका ३४ बर्षका बाबुराम थापा ज्वरो आएपछि १३ चैतमा उक्त अस्पतालमा भर्ना भएका थिए।
मृतक बिरामी उच्च शंकास्पद भएकाले उनको स्वाब दोस्रो पटक परीक्षण थालिएको पनि बताइएको छ ।