लकडाउनको समयमा दैनिक उपभोग्य सामाग्री किन्न निस्केकालाई कुटपिट गर्ने हबल्दार निलम्बनमा



लकडाउनको समयमा दैनिक उपभोग्यको सामाग्री किनेर आएका दुई जना सर्वसाधारणलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका हबल्दार निलम्बनमा परेका छन ।

कोरोना भाइरस ९कोभिड(१९०को महामारीका कारण लकडाउन रहेको अवस्थामा खाद्य खरीद गर्ने सर्वसाधारणलाई कुटने चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रकृया अगाडी बढाएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको हो।

कोभिड१९ संक्रमण रोकथामका लागि खटिरहेको सशस्त्र प्रहरी बल देश र देशवासीको सुरक्षाका लागि खटिरहेको बताउँदै सशस्त्र प्रहरी बल ६ नम्बर गणका सशस्त्र एसपी उद्धव न्यौपानेले आरोपित चौधरीलाई तत्काल निलम्बन गरिएको जानकारी दिए।

आदेशविपरीत सर्वसाधारणलाई कुटेको आरोपमा चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा सशस्त्र प्रहरी हबल्दारले कुटपिट गरेका थिए ।

निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएको थियो ।

प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार  ५ : १९ बजे