मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लक डाउनका बेला हेल्पलाईन फोनमा रसगुल्ला, पिज्जा,समोसा -चाट, र पान माग गर्न थालेपछी प्रहरि हैरान



कोरोनाको सङ्क्रमण रोक्न सरकारले लक डाउन गरेका बेला जनतालाई सहयोग गर्न भारतको लाखनउस्थित प्रहरिले सञ्चालन गरेको हेल्प लाईन टेलिफोनमा त्याहाका स्थानियहरुले फोन गरेर रसगुल्ला ,समोसा चाट,पिज्जा र पान माग गर्न थालेपछी प्रहरिले हैरानी बोहोर्नुपरेको स्थानिय भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

लक डाउनका बेला समस्यामा परेकाअ गरीब र मजदुरहरुलाई प्रहरिले खाना बितरण गरिरहेको छ भने हेल्प लाईन टेलिफोन मार्फत पनि उनिहरुका  समस्याहरु जानकारिमा लिएर प्रहरिले  सहयोग पुर्याइ रहेको छ ।

प्रहरिले सञ्चालन गरेको हेल्प लाईन टेलिफोनमा त्याहाका स्थानियहरुले फोन गरेर रसगुल्ला ,समोसा चाट,पिज्जा र पान माग गर्न थाले पछी भने प्रहरिले यस्ता माग गर्ने हरुलाई सडक र नालिहरुको सफाई गर्न लागाउन थालेको छ ।

स्थानिय एक युबकले प्रहरिको हेल्प लाईन टेलिफोनमा पटक पटक फोन गरी समोसा चाट माग गरेपछी प्रहरिले उनलाई समोसा चाटको ब्यबस्था गरेको र उनले समोसा चाट खाइ सकेपछी भने प्रहरिले हेल्प लाईन टेलिफोन मार्फत पुर्याउन खोजेको सहयोगको दुरुपयोग गरेकाले उनलाई सडक र नाली सफाइ गर्न लगाइएको लखनउ प्रहरिका स्टेशन अफिसर संतोष सिंहलाई उधृत गर्दै सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन ।

हेल्प लाईन टेलिफोनमा त्याहाका स्थानियहरुले फोन गरेर रसगुल्ला ,समोसा चाट,पिज्जा र पान मात्र नभएर रक्सी समेत माग गर्न थालेपछी भने प्रहरिले यस्तो माग गर्ने सबैलाई दण्डित गर्ने बताएको छ ।

फोन गर्ने मध्यका केहिले रक्सी नपाइएकोले रुघा खोकीले सताएको र उनिहरुमा यसका गंभीर लक्षण समेत देखिएको बताउने गरेका छन भने आइस-क्रीम,र फुटबल माग्नेहरुका पनि फोन आउने गरेको प्रहरिले बताएका छन ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ८ : २८ बजे