पोखरामा पनि कोरोना भाइरसको परीक्षण थालियो



पोखराबाट पनि नोवेल कोरोना भाइरसको जाँच गर्न शुरु गरिएको छ । कोरोना भाइरसको जाँच गर्ने (पिसिआर)मेसिनको पोखरामा सफल परीक्षण भएको हो । हेलिकप्टरबाट बिहान मात्रै पोखरा ल्याइएको मेसिनले ३ जना बिरामीका स्वाब परिक्षण गरेको छ ।

परीक्षणको रिपोर्ट भने बुधबार मात्रै सार्वजनिक गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए । ‘अहिले ३ जना बिरामीको स्वाव टेष्ट हुँदै छ,’ उनले भने, ‘रिपोर्ट विभागमा पठाएर मात्रै सार्वजनिक गछौं ।’

मंगलबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेलिकप्टर मार्फत मेसिन झरिसकेपछि मेसिन कहाँ राख्ने भनेर विवाद समेत भएको थियो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, अर्थमन्त्री किरण गुरुङसमेतको संलग्नतामा मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै राख्ने सहमति भएको थियो ।

प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार  ४ : ३६ बजे