रुपन्देहिको वेलहिया नाकामा अलपत्र नेपालीलाई भारत तिरै फर्काइयो



वैदेशिक रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँहरुमा गएका नेपालीहरु गत सोमवार नेपाल– भारतको सीमावर्ती नाका रुपन्देहीको वेलहिया अर्थात् भारत तर्फको सुनौलीमा अलपत्र अवस्था परेका नेपालीहरुलाई  भारत तिरै फर्काइएको छ ।

भारतका विभिन्न ठाउँहरु बाट आएका नेपालीहरु आफ्नो घर आउनका लागि रूपन्देहीको सीमापारी आएका नेपालीहरु करिव ३ सय जति रहेको र उनीहरुलाई नेपाल सरकारले नेपाल आउन नदिएपछि सोमबार देखि सीमा नाकामै अलपत्र पर्दै आएका थिए ।

नेपाल– भारत दवै देशका अधिकारीहरु विच वठैक वसेर पारी रहेका नेलपालीहरुलाई भारतको नौतनवामा वनाईएको क्वारेन्टाईनमा राख्ने र यता वेलहिया नाकामा रहेका १ सय २५ जना भारतिय नागरिकहरुलाई रुपन्देहीको भैरहवा स्थित प्रतिमान निमा स्मृति प्रतिष्ठानमा राख्ने निर्णय भएपछि देशका नागरिकहरु आ–आफ्नो देशमा जान वाट वञ्चित हुन पुगेका छन् ।

यसैविच भारतको नौतनवामा पठाईएका नेपालीहरुको टोलीमा रुपन्देहीको मंगलापुरकी करिव १० दिनकी सुत्केरी समेत रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिएका छन् ।

प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार  ८ : ४७ बजे