वैशाख २०७७ साल बैशाख ७ गतेदेखी १३ गतेसम्मको राशिफल ,फलितज्योतिषाचार्य : लक्ष्मीप्रसाद बराल (नेपाली पात्रोबाट)
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। सोमबारदेखि अधिक रकम खर्च गर्नुपर्ने स्थिति आउनेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। कामको बोझ पनि बढ्न सक्छ। आफन्तहरू टाढा हुनेछन्। तापनि बुधवारदेखि परिस्थिति अनुकूल हुनुका साथै प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। रमाइलो भेटघाट हुनेछ। साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। मिहिनेतले नाम, दाम र विभिन्न अवसर समेत दिलाउनेछ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। तर बुधवारदेखि खर्चसमेत बढ्नाले आर्थिक अभाव देखापर्नेछ। पहिलेका योजनाहरू अधुरै रहनेछन्। आफन्तजनबाट टाढिनुपर्ने हुन सक्छ। लाभांश पनि बाहिरिन सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ र आफन्तसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले प्रतिष्ठित काम गर्ने अवसर पनि दिलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा व्यावहारिक कठिनाइ देखा पर्नाले चिताएको काम रोकिन सक्छ। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका काममा अलमलिनुपर्ला। सोमवारपछि स्थितिमा सुधार आउनेछ। काम देखाएर सजिलै उपलब्धि हातपार्न सकिनेछ। प्रयत्न गर्दा विशेष अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। सप्ताहान्तमा भने मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। आम्दानी रोकिनेछ र फजुल खर्च पनि बढ्नेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। केही चुनौती पनि देखिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूको स्वार्थमा उपयोग भइनेछ, सजग रहनुहोला। बुधवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नेछ र नयाँ काम सुरु हुनेछ। मिहिनेतले समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा हातपार्ने समय छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सप्ताहान्तमा आम्दानी बढ्नेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभचिन्तकहरूको सहयोगले साताको प्रारम्भ उत्साहवर्द्धक रहनेछ। प्रेमको बन्धन कसिनेछ भने घर(गृहस्थीमा मन रमाउनेछ। सोमवारदेखि अरूका लागि रकम र समय खर्चनुपर्ला। स्वास्थ्य पनि कमजोर बन्नेछ। परिस्थितिवश केही अप्ठ्यारोमा परिएला। विरोधीहरू बढ्नाले चुनौती देखापर्न सक्छ। नजिकका साथीभाइ टाढिनाले पनि समस्या बढ्न सक्छ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेत गर्दा सप्ताहान्तमा सफलता प्राप्त हुनेछ। आँटेले काम सम्पादन हुनेछ र कर्मयोगले नयाँ मार्ग अवलम्बन गर्नेछ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा चुनौती पन्छाएर काम बनाउन सकिनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। व्यापार बढ्नेछ र व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिनेछ र आतिथ्यपूर्ण सत्कार पाइनेछ। बुधवारदेखि स्वास्थ्य र धन जोगाउन सजग रहनुहोला। यात्रा खर्चिलो र कष्टपूर्ण हुनेछ। झुटा आरोप तथा अनावश्यक झमेला आउन सक्छन्। सानातिना घरेलु काममै अलमलिनुपर्ला।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा अस्वस्थताले काम रोकिनेछ भने अर्थ अभावले समस्या उत्पन्न हुनेछ। अध्ययनमा समय दिन नसकिएला। सोमवारदेखि स्थितिमा सुधार आउनेछ। आँट गर्दा काम बन्नेछ भने व्यापारमा पनि फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। भौतिक साधन जुट्नाले उत्साहित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। सप्ताहान्तमा भने अप्ठ्यारो परिस्थिति पनि आउन सक्छ। धन कमाउन भन्दा स्वास्थ्य जोगाउन सजग रहनुहोला।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा पारिवारिक असमझदारीले समस्या निम्त्याउन सक्छ। विवादमा परिने योग भएकाले काममा सावधान रहनुहोला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान दिन नसकिएला। प्रतीक्षित नतिजा पनि कमजोर हुने देखिन्छ। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू सहयोगीका रूपमा देखा पर्नेछन्। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। व्यवसायका लागि यात्रा गर्ने साइत जुर्नेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। मिहिनेतले सप्ताहान्तमा नाम, दाम र प्रतिष्ठा समेत दिलाउन सक्छ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा विशेष अवसर जुट्नाले राम्रो उपलब्धि प्राप्त हुनेछ। पुरुषार्थी काम गर्दै मनग्य दाम समाउने सौभाग्य समेत प्राप्त हुनेछ। दिगो काम शुभारम्भ हुन सक्छ। सोमवारदेखि पारिवारिक समस्या उब्जनाले काममा बाधा पुग्नेछ। साइनो गाँस्नेहरूले अनावश्यक दुस्ख दिनेछन्। आश्वासन बाँड्नेहरूले कुरा बदल्न सक्छन्, समयमै सजगहोला। अध्ययनमा बाधा पुग्नेछ भने स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। प्रयत्न गर्दा सप्ताहान्तमा भने विभिन्न अवसर प्राप्त हुनेछन्। भौतिक साधन जुट्नुका साथै दिगो काम प्रारम्भ हुन सक्छ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा आक्षेप लगाउनेहरूले फसाउन सक्छन्। आत्मसम्मानमा प्रश्न उठ्ने समय भएकाले गोपनीयतामा अलि सजग रहनुहोला। मिहिनेत गर्दा सोमबारदेखि आँटेको काम बन्नेछ। जुझारु कार्यशैलीले शक्तिशाली व्यक्तिहरूसमेत पछि पर्नेछन्। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। छोटो समयमा लक्ष्य प्राप्त गर्न सकिनेछ। बुधबारपछि आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साइनो गाँस्नेहरूबाट निकै सजग रहनुहोला। अध्ययनमा धेरै समय दिन नसकिए पनि सप्ताहान्त सुधारोन्मुख रहनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
सुरुमा आगन्तुकहरूले अलमल्याउन सक्छन्। अवसर आए पनि कर्म साधनामा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। वादविवादले आत्मसम्मानमा बाधा पुर्याउन सक्छ। बुधवारदेखि स्थितिमा सुधार आउनाले लक्ष्य पहिल्याउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। इच्छाशक्ति बढ्नाले दिगो काम थालनी हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर जुट्नेछ। सप्ताहान्तमा घरेलु समस्या आउनेछन्। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लगानी परे पनि लाभ नहुने कामको जिम्मेवारी सम्हाल्नुपर्ला। खर्चिलो काममा हात हाल्नाले लगानी जोखिममा पर्न सक्छ। सोमवारदेखि स्थितिमा सुधार आउनाले काममा आशा जाग्नेछ। आफन्तसँग सम्पर्क बढ्नाले आनन्द मिल्नेछ। बुधबारदेखि आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। लाभ नहुने कामको जिम्मेवारी सम्हाल्नुपर्ला। तापनि सप्ताहान्तमा स्रोत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ होला। नयाँ व्यवसाय थाल्न सकिनेछ।