मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपुरका स्थानीय तहमा महामन्त्री डा.कोइरालाले पठाए अत्यावश्यक स्वास्थ्य सामाग्री



कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालामार्फत नवलपुरका बिभिन्न आठ वटा स्थानीयतहरुमा स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको छ ।

नवलपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रा.डा, कोइरालाले स्थानियतहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनका लागी यस अघी बचनबद्दता ब्यक्त गरे अनुसार स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको डा . कोईरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

कोरोनाको संभावित जोखिम नियन्त्रणका लागि सहज होस् भनि स्वास्थय सामाग्री उपलब्ध गराएको तिवारीले बताए

नवलपुरका आठ वटा स्थानीयतहरुका लागि एन ९५ मास्क ७५ थान , सेनिटाइृजर ८० लि . , पिपिई ६० थान , थर्मल गन १७ थान , ग्लोभ्स ५०० सेट र मेडिकल मास्क २७५० थान उपलब्ध गराइएको र आवश्यकता हेरेर जिल्लामा फेरी पनि स्वास्थ्य सामाग्री उपलब्ध गराइने तयारी रहेको पनि महामन्त्री कोइरालाको सचिबालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सामाग्रीहरुले महामन्त्री कोइरालाको तर्फबाट उपलब्ध गराइएका स्वास्थ्य सामाग्रीबाट जिल्लाका स्थानीय तहरुलाई महामारी नियन्त्रण तथा रोकथाममा सघाउ पुग्ने बिश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशसभाका प्रमुख विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली , संघिय सांसद सत्यनारायण खनाल , प्रदेश सांसद ओमकला गौतम , संविधानसभा सदस्य महेन्द्रध्वज जि .सि . लगायत जिलाअका नेताहरु सहितको टोलिले जिल्ला प्रशाशन कार्यालय मार्फत स्थानिय तहमा जाने गरी उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १२ : १५ बजे