हेर्नुहोस यो हप्ताको राशिफल



साताको राशिफल : लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ (नेपाली पात्रोबाट)

मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। दिगो काम प्रारम्भ हुनेछ र आम्दानी बढ्नेछ।

वृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। मिहिनेत गर्दा अवसर प्राप्त हुनेछन्। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। सप्ताहान्तमा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। सामाजिक प्रतिष्ठा पनि प्राप्त हुनेछ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को,

प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। बीचमा भने केही समस्यासँग जुध्नुपर्ला। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। मिहिनेत गर्दा अध्ययनमा पनि राम्रो प्रतिफल प्राप्त हुनेछ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि काम बन्नाले जोश–जाँगर बढ्नेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ र जीवनशैलीमा परिवर्तन आउनेछ। दिगो व्यवसायमा हातहाल्ने समय छ। प्रियजनसँग भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा काम, दाम र स्वास्थ्यमा केही बाधा हुने देखिन्छ। घरेलु समस्याले पनि पिरोल्न सक्छ। आम्दानी थोरै भए पनि लक्ष्य प्राप्ति हुनेछ।

सिंह-मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रारम्भमा बुद्धिले समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। सप्ताहान्त रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। काम बिग्रने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनाले रोकिएका काम सम्पादन गर्न सकिनेछ। प्रतिस्पर्धीहरू समेत सहयोगीका रूपमा देखा पर्नेछन्। आँटले नयाँ काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। सहयोगी बढ्नेछन् र प्रतिस्पर्धी पछि हट्नेछन्।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रारम्भमा केही चुनौती देखिए पनि मिहिनेतले हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। मंगलवारपछि पारिवारिक समस्याले सताउन सक्छ। अवसरवादी र साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। शुभचिन्तकहरू टाढा हुनाले पनि दुस्ख पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ र अध्ययनमा राम्रो प्रगति हुनेछ। पेटको मौसमी गडबडीले भने सताउन सक्छ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

साताको प्रारम्भ रमाइलो रहनेछ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा प्रगति हुनेछ। तर हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। मंगलवारदेखि विभिन्न अवसर प्राप्त हुनाले उत्साहित भइनेछ। साथीभाइ जुट्नाले काममा प्रगति हुनेछ। पुरुषार्थी कामले लोकप्रियता दिलाउनेछ। शत्रुहरू परास्त हुनेछन्। सप्ताहान्तमा भने समय केही संघर्षमय रहनेछ। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। दीर्घकालीन योजनाहरू गोप्य राख्नुहोला। आफ्नैले धोका दिन सक्छन्।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रारम्भमा आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। तर सोख र सुविधाले खर्च बढाउन सक्छ। महत्त्वाकांक्षाले विवादास्पद भूमिकामा अल्झाउन सक्छ। चिताएको काम रोकिनाले आर्थिक पक्ष कमजोर बन्नेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। भौतिक साधनको कमीले पनि अप्ठ्यारो पर्न सक्छ। शुक्रबारदेखि स्थितिमा सुधार आउनाले लक्ष्यमा पुगिनेछ। सहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले प्रतिष्ठा दिलाउनेछ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिस्थितिले केही थकित तुल्याउन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। तर नयाँ काम प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूलाई समय दिँदैमा समय बित्न सक्छ। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउलान्। तापनि मिहिनेत गर्दा धनलाभ हुने सम्भावना छ। स्रोत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

सुरुमा आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। मंगलवारपछि आकस्मिक खर्च बढ्नाले अर्थ अभाव खट्किनेछ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। साथीभाइको सहयोग जुट्नेछ। तर महत्त्वाकांक्षाले विवादास्पद कामतर्फ अग्रसर गराउन सक्छ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। शुक्रवारदेखि काममा अलि बाधा पुग्नेछ। फजुल खर्च बढ्नाले ऋण–कर्जा समेत बढ्न सक्छ

प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार  २ : ४३ बजे