नेपालीलाई काठमाडौं ल्याइदिने भन्दै यूएईले पठायो सरकारलाई पत्र



यूएईमा रहेका नेपाली कामदारहरुलाई यूएईलेनै ल्याइदिने भन्दै सरकारलाई पत्र पठाएको छ ।

संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस सम्बन्धी  जानकारी गराएका हुन ।

बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भने, ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ । तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था छैन ।’

यूएईमा रहेका नेपालीहरु मध्य कतिलाई नेपाल ल्याइदिन खोजिएको हो भन्ने खुल्न सकेको छैन ।

बिभिन्न मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था रहेको पनि मन्त्री ज्ञवालिले जानकारी गराए । भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेको जानकारी आएको उनले बताए ।

अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको पनि उनले बताए ।

प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार  १२ : ४६ बजे