सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टको तर्फबाट पशुपतिमा कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
संस्थाले नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा एन ९५ माक्स सर्जिकल माक्स , पिपिइ र सेनिटाइजर समेत हस्तान्तरण गरेको हो ।
यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट ट्रस्टका अध्यक्ष डा.केदारनरसिंह केसी ले उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन ।
उक्त अबसरमा कोरोना बिरुद्धको लडाइँमा भगवान् पशुपतिनाथले समग्र नेपाली जनता र विश्वलाई रक्षा गरुन् भनि प्रार्थनाका लागी पशुपतिनाथका मुल भट्ट गणेश भट्टलाई आग्रह गरिएको पनि सस्थाका (महासचिब ) तथा नेका नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले बताए ।