लकडाउनका कारण भारतमा समस्या र पिडामा परेका नेपाली नागरिकप्रति नेपाली जनसम्पर्क समिति भारतले सरकारको ध्यानाकर्षण गराएको छ ।
भारत सरकारले कोरना भाइरस महामारी तथा जोखिमलाई ध्यानमा राख्दै भारत भरी फेरी पनि लक डाउन बढाउदा भारतमा रहेका नेपालिहरुको समस्या बढी रहेको भन्दै जनसम्पर्क समिति भारतले बिज्ञप्ती मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।
जनसम्पर्क समितिले पहिलो चरणको लकडाउन देखि निरन्तर थुप्रै पीड़ित नेपाली नागरिकहरु लाई राहत तथा उद्धार गरीसकेको र फेरी पनि राहत तथा उद्धार अभियान सुचारू रहने जनाएको छ ।
आफु रहेको ठाउमा सुरक्षित रहन र दलालहरुले बस तथा जिपबाट नेपाल पुराई दिने भन्दै चर्को भाड़ा असुलि गरिरहेकोले सचेतता अपनाउन पनि समितिले आग्रह गरेको छ ।
भारतमा रहेका नेपालिहरुको समस्याबारे नेपाल सरकारलाई पटक पटक अनुरोध गरिरहदा पनि प्रबासमा रहेका नेपालीहरुप्रती सरकारले बेवास्ता गरेको पनि समितिले बताएको छ ।