कोरोना जाँच्न स्वास्थ्य मन्त्री ढकालको स्वाब निकालियो



कोरोना संक्रमितको संसर्गमा पुगेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोरोना परीक्षण गरिएको छ।

बुधबार मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचाररत पूर्व सांसदकी पत्नीलाई भेट्न केही सांसदहरुसँग गएपछि उनको कोरोना जाच गरिएको बताइएको छ् ।

स्वास्थ्यमन्त्रालयमा काम गर्ने अन्य कर्मचारीको समेत कोरोना जाँचका लागि स्वाव संकलन गरिएको सल्लाहकार डाक्टर खेम कार्कीले बताए।कन्ट्याक ट्रेसिङको कार्यविधि अनुसार सबैको जाँच गर्नुपरेको उनको भनाइ छ ।

मन्त्री ढकालको निजी सचिवालयका अनुसार मन्त्री ढकाल  क्वारेन्टाइनमा छन ।

उनको परिक्षणका लागि हिजो निवासमै पुगेर स्वाव संकलन गरिएको र मंगलबार बेलुकासम्म परिपोर्ट आउनेछ मन्त्री ढकाल बिहीबारदेखि मन्त्रालय आएका छैनन् ।

प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार  ९ : ३० बजे