यो हप्ताको राशिफल



२०७७ ज्येष्ठ २४ गतेदेखी ३० गतेसम्मको साप्ताहिक राशिफल

मेष – साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । बृहस्पति, शुक्रबार सबैतिरबाट अनुकूल र लाभदायक रहनेछ ।

वृष – साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रियजनसँग भेटघाट हुनेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार धार्मिक कार्यमा अवरोध आउन सक्नेछ बृहस्पति, शुक्रबार कार्यसिद्धिदायक रहनेछ ।

मिथुन – साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार शत्रु परास्त हुनेछन् । आटे ताकेको काम बन्नेछ । रवि, सोमबार अत्यन्त सुखद र रमाइलो यात्रा हुनेछ । पारिवारिक सहयोग पाइनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ ।

कर्कट – साताको सुरु र अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार सावधान योग्य रहनेछ । रवि, सोमबार आटे ताकेकोकाम सजिलै बन्नेछ । आत्मबल वृद्धि हुनेछ । मंगल, बुधबार यात्रा, व्यवसाय र पारवहन कार्य सहज रहनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।

सिंह – साताको उत्तरार्धका दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मनमा चिन्ता बढ्न सक्छ । शरीर अस्वस्थ रहन सक्नेछ । मंगल, बुधबार कार्यसिद्धिदायक रहनेछ । बृहस्पति, शुक्रबार व्यवसाय बढ्नेछ । प्रियजन भेटिनेछन् ।

कन्या – साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार सामाजिक कामको दायित्व थपिनेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार शत्रु माथि विजय प्राप्त हुनेछ । मावली पक्ष सहयोगी रहने देखिन्छ ।

तुला – साताको थोरै मात्र लिन अनुकूल रहनेछ । शनिबार बोलीवचनमा सावधान रहनु पर्ने देखिन्छ । रवि, सोमबार साताकै उत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ । यश मिल्नेछ । मंगल, बुधबार नितान्त प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार चिन्ताप्रधान रहनेछ ।

वृश्चिक – साता मिश्रित प्रायः रहनेछ । शनिबार भाग्योदयकारक रहनेछ । महत्वपूर्ण अवसर मिल्नेछ । रवि, सोमबार आर्थिक विचलन देखिन सक्नेछ । मंगल, बुधबार विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । बृहस्पति, शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।

धनु – साता सरदर खालको रहनेछ । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार उच्चस्तरीय कार्यव्रmम तर्जुमा गरिनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार सामाजिक काममा संलग्न भइनेछ । उपयुक्त कार्यशैली र निर्णय गरिनेछ ।

मकर – साताको अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार नवीन आयस्रोत जुट्नेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार भाग्यवर्धक अवसर प्रकट हुनेछ । उन्नति प्रगति हुने देखिन्छ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ ।

कुम्भ – साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनिबार मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । रवि, सोमबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मन प्रसन्न हुनेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार भाग्यवर्धक रहनेछ ।

मीन – साताको सुरु र अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार धार्मिक कार्यमा अवरोध आउन सक्नेछ । रवि, सोमबार सम्मानित भइनेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । मंगल, बुधबार राम्रै आयस्रोत जुट्नेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।

प्रकाशित मिति : जेष्ठ २४, २०७७ शनिबार  २ : २९ बजे