गण्डकी प्रदेश अन्तर्गतका बिभिन्न जिल्लामा शनिबार बिहानै १७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
गण्डकी प्रदेशको कास्की, स्याङ्जा, बागलुङ्ग र पूवी नवलपरासीमा नयाँ १७ जना कोरोना संक्रमित थपिएको स्वस्थ्य निर्देशनालय गण्डकी प्रदेशले पुष्टी गरेको हो ।
वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुष , स्याङ्जाकै हरिनास गाउँपालिका १८, र ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
इस्तै, वागलुङ्को ताराखोला गाउँपालिकाका ३९ वर्षीय पूरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पूरुष, तथा पोखरा महानगरपालिकाका ५९ वर्षीय पूरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
नवलपरासीको बिनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय पूरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।











