प्रधानमन्त्रीलाई गगन थापाको प्रस्ताब : मेडिकल सामग्रीको भ्रष्टाचारबारे खरिद सूची राखेर बहस गरौ



कांग्रेस नेता एबम सांसद गगन थापाले स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको विषयमा संसदमा खुला छलफलका लागि प्रधानमन्त्री केपी ओलीलाई आह्‍वान गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले दिएको जवाफमाथि पूरक प्रश्न सोध्दै थापाले प्रधानमन्त्री ओलीलाई यस्तोआह्‍वान गरेका हुन । उनले भने, “भ्रष्टाचार, स्वास्थ्य सामग्रीको सूची राखेर संसदमा छलफल गर्नका निम्ति म प्रधानमन्त्रीलाई खुल्ला आह्‍वान गर्छु । तयार हुनुहुन्छ, सम्माननीय प्रधानमन्त्रीज्यू र ? ”

तेस्तै नेता थापाले कोरोना भाइरसको बारेमा बिज्ञ बिशेसज्ञहरुको सुझाबको आधारामा मात्रै जनतालाई सुझाब दिनुपर्नेमा प्रधानमन्त्री ओलिले आफै भ्रमपुर्ण सुचना तथा जानकारी प्रबाह गरेको समेत आरोप लगाए  ।उनले व्यंग्य गर्दै भने, ‘उहाँलाई धेरै कुरा थाहा छैन। तर, थाहा छैन भन्ने पनि थाहा छैन। त्यसैले कुरा डरलाग्दो भयो।’

सांसद थापाले हङकङमा कोरोना परीक्षणका लागि नमुना यता मेसिन नभएर होइन, चाहिने किट नभएको कारण पठाएको स्मरण गराए।नेपाली नागरिक भएपछि उनीहरु आउने थाहा भएकाले त्यसबारे जानकारी राख्ने र तयारी गर्ने काम गर्नुपर्ने बताए।

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  ७ : ३२ बजे