चौतर्फी आलोचना भएपछी सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ।प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत खर्चको विवरण सार्वजनिक गरेका छन्।
उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोख्रेल नेतृत्वको सीसीएमसी निर्देशन समितिकाे निर्णयअनुसार काेराेना राेकथाम, नियन्त्रण र उपचारमा भएकाे खर्च विवरण सार्वजनिक गरिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले जानकारी दिएका छन ।
कोरोना नियन्त्रणमा आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको छ्।
संघीय सञ्चित कोषबाट ४ अर्व १० करोड ५५ लाख ६ हजार खर्च भएको थापाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
त्यस्तै औषधी, स्वास्थ्य पूर्वाधार,जनशक्ति परिचालन, क्वारेनटाइन र अन्य गरी ५ अर्ब ६१ करोड ९२ लाख ४० हजार खर्च भएको विवरणमा उल्लेख छ।
यसैगरी औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । ‘अन्य’ शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको विवरण छ । अन्यभित्र के–के समावेश गरिएको छ भन्ने खुलाइएको छैन ।
सरकारले सार्बजनिक गरेको बिबरण अनुसार सबै भन्दा बढी रक्षा मन्त्रालयबाट २ अर्ब ४० करोड भन्दा बढी खर्च गरेको देखाइएको छ । सरकारले गरेको खर्च अनुसार परिणाम नआएको भन्दै हाल सडकदेखि संसदसम्म खर्च विवरण सार्वजनिक गर्न र भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै आन्दोलन चलिरहेको छ ।
काेराेना राेकथाम, नियन्त्रण र उपचारमा भएकाे खर्च विवरण सीसीएमसी निर्देशन समितिकाे निर्णयअनुसार सार्वजनिक गरिएकाे छ ।
सम्बद्ध सबैमा यथार्थ विवरणमा अाधारित धारणा बनाउन पनि अनुराेध छ । pic.twitter.com/myYPnl3Faw— Surya Thapa (@ThapajiSurya) June 13, 2020










