समस्यामा परेका १६६ जना नेपाली ओमानबाट स्वदेश फिर्ता



१ असार, काठमाडौं , ओमानबाट १६६ यात्रु बोकेर सलाम एयरको जाहाज काठमाडौँ विमानस्थलमा अबतरण गरेको छ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा सलाम एअर नेपालिहरुलाई लिएर काठ्माण्डौ आएको हो । बिदेसमा बस्ने कोभिड– १९ बाट प्रभावित नेपालीहरुलाई सम्बन्धित देस तथा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पालना गरि आवश्यक प्रक्रिया पश्चात नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार सम्बन्धित देसका राजदुताबासबाट आवश्यक कार्य अघि बढि नेपाल फर्किने काम प्रारम्भ भएको हो

कोरोना भाइरस (कोभिड– १९) का कारण अप्ठ्यारोमा परेका नेपालीहरुको हवाई टिकट ब्यबस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदुताबाससंगको सहकार्यमा सलाम एयरले नेपालीहरुका लागि मानवीय सहयोग स्वरूप सुलभ दरमा टिकट उपलब्ध गराएको हो । बिपतको घडीमा ब्यबसायिक मुनाफाभन्दा पनि सेवाको भाबनाका साथ अघि बढ्ने सलाम एयर र ओमनस्थित नेपाली  राजदुत तथा राजदुताबाससंग आबद्ध सम्पूर्ण कर्मचारीहरुले उक्त कदमलाई सकरात्मक रुपमा लिएको बताएका छन ।

सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।

प्रकाशित मिति : असार १, २०७७ सोमबार  ११ : ०६ बजे