बहराइनबाट दोस्रो उडानमार्फत २ सय ९१ जना नेपालीलाई स्वदेश ल्याइने भएको छ।
उनीहरुलाई नेपाल एयरलाइन्सको चार्टर जहाजमार्फत असार ११ गते स्वदेश फर्काइने दूतावासले जनाएको हो।
यसअघि बहराइनमा समस्यामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन असार ३ गतेका लागि पहिलो उडान तय गरिएको थियो।
सो उडान असार ७ गतेका लागि सरेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ।
सो पहिलो उडानमार्फत २ सय ५६ नेपाली स्वदेश फर्काइने दूतावासले जनाएको छ।
बहराइनदेखि नेपालको चार्टर उडानको टिकट दर ३ सय ९२ अमेरिकी डलर कायम गरिएको छ।
जहाजमा कम्तिमा ८५ प्रतिशत यात्रु भएमा मात्र उडान हुने बताइएको छ।
यात्रु कम भए वा अन्य प्राविधिक समस्या निम्तिए उडान परिवर्तन हुनसक्ने दूतावासले जनाएको छ।