कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै लकडाउनका कारण जनताको आर्थिक अवस्था कमजोर बनेका बेला भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।
पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा २÷२ रुपैयाँ वृद्धि भएकोमा नेविसंघले वृद्धि भएको रकम नघटाए निर्णायक संघर्षमा उत्रने चेतावनी पनि दिएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च बढ्ने र त्यसले उपभोग्य वस्तुको मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने नेविसंघको विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाका कारण संकटमा रहेका नागरिकको घाउमा पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा मल्हम लगाउनुको साटो नुनचुक छर्किएको नेविसंघको आरोप छ ।








