वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुल्ला



गत फागुन ३० गतेदेखि रोकिएको श्रम स्वीकृति पुनः सुचारु गरिएको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कार्यालय प्रमुख उमेश बस्नेतले बताए।

बिहीबारदेखि पुनः श्रम स्वीकृति दिन सुरु गरिएको तर श्रम स्वीकृतिका लागि कार्यालयमा कोही पनि नआइपुगेको कार्यालय प्रमुख बस्नेतले नेपाल लाइभलाई जानकारी दिए।

लकडाउनका कारण बिदामा नेपाल फर्किएर अड्किएका, तथा करार अवधि बाँकी रहेका हकमा कोरोना भाइरससम्बन्धी स्वास्थ्य प्रोटोकलको पालना गरी वैदेशिक रोजगारीमा जान दिने कार्यालयले जनाएको छ।

वैदेशिक रोजगारीमा पुनः श्रम स्वीकृति लिएर जाने व्यक्ति स्वयंले अनिवार्य रुपमा पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट बुझाउनुपर्ने बताइएको छ।

प्रकाशित मिति : असार १८, २०७७ बिहीबार  ८ : २२ बजे