मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज गुरु पूर्णिमा, गुरुको संझना गरि मनाइदै



आज आषाढ शुक्ल पुर्णिमा अर्थात गुरु पुर्णिमा । गुरु पूर्णिमालाई व्यास जयन्ती र कबीर जयंतीका रुपमा पनि बनाउने गरिन्छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम रहेको हुन्छ । यसरी अन्धकाररुपी अज्ञानलाई प्रकाशतर्फ डो¥याउन सफल हुनेलाई गुरुका रुपमा पूजा गर्ने गरिन्छ ।

शास्त्रमा गुरुलाई ब्रह विष्णु महेश्वरका रुपमा पूजा गर्नुपर्ने उल्लेख छ । शिक्षा दिने, संगीत सिकाउने लगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिन्छ । यस दिन गुरुलाई सम्मान गरि उपहार समेत दिने गरिन्छ । कतैकतै त गुरुदक्षिणा पनि दिने चलन छ । पहिले पहिले गुरु भन्ने वित्तिकै गायत्री मन्त्र सिकाउने गुरु, दीक्षा दिने गुरु र धनुँबाण सिकाउने गुरु आदीलाई मानिन्थ्यो तर गुरुको परिभाषा अहिले विशाल भएको छ ।

व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरुले नै सिकाउने विश्वास गरिन्छ । हाम्रो शास्त्रमा देव गुरू बृहष्पति र असुर गुरू शुव्रम्ाचाय गरी दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ५ : ५२ बजे