नेपालमा आज २ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमित संख्या १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिए ।
उनका अनुसार हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ७ हजार ४ सय ९९ घर फर्केका छन् ।
तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तेस्तै काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ










