दक्षिण कोरियामा श्रमिकको तलब वृद्धि



दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब १ दशमलव ५ प्रतिशतले वृद्धि गरिएको छ। ज्याला निर्धारण समितिको सोमबार रातिको बैठकले यो वर्ष कोरियामा न्यूनतम तलब प्रति घण्टा ८ हजार ५ सय ९० वन रहेकोमा त्यसमा १ सय ३० कोरियन वनले वृद्धि गर्ने निर्णय गरेको हो।

यसपछि कोरियामा आगामी वर्ष प्रतिघण्टा तलब ८ हजार ७ सय २० वन हुनेछ।

आगामी वर्ष २०२१ देखि यहाँ कार्यरत श्रमिकले मासिक २ सय ९ घण्टा काम गरेवापत १८ लाख २२ हजार ४ सय ८० अर्थात् करीब १ लाख ८० हजार नेपाली रुपैयाँ पाउने छन्।

प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार  ९ : ३४ बजे