गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण



गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ५ जिल्लामा थप संक्रमण देखिएको हो।

म्याग्दीका ९, तनहुँका ३, नवलपरासीपूर्वका ११, गोरखाका १ र कास्कीका १ जनामा संक्रमण देखिएको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जनाएका छन्।

संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनमा पठाउने तयारी भइरहेको जनाइएको छ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ भने निको भई डिस्चार्ज हुनेको संख्या ९ सय २५ रहेको छ। नेपालका कोरोना संक्रमितको संख्या १७ हजार ८६ पुगेको छ।

प्रकाशित मिति : असार ३१, २०७७ बुधबार  ८ : ४२ बजे