नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिएको छ ।
प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई कार्यवाहक सीईओको जिम्मेवारी दिइएको हो । असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको हो ।
प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध छन् । यसअघि उनले बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिमा सात वर्ष काम गरिसेकका छन् ।