मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तपाइकालागी आगामी हप्ता कस्तो छ ? हेर्नुहोस राशिफल



साउन ३ देखि १० गतेसम्मको  राशिफल(हाम्रो पात्रोबाट)

 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

यो साता धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । लामो समयपछि आफन्तसंग भेटाघाटा हुनेछ । शुभ कार्य तथा धार्मिक कृत्यमा विशेष सहभागीताको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी आरम्भ कार्य गर्दा सफलता मिल्नेछ ।

वृष – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

यो साता समाजसेवामा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । कृषि क्षेत्रबाट सफलता र रमाइलो यात्रा हुनेछ । साताको अन्त्यमा भने आफ्नो अधिकार प्राप्तिका लागि केहि संघर्श गर्नु पर्ला । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हा

यो सातामा महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । समस्यापूर्ण र बेफाईदाका यात्रा हुनेछन् । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । साताको अन्त्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा बढी सफलता मिलन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो साता आत्मबल बढाएर काम गरेमा बढी सफलता । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । शरीरमा स्फूर्ति र उमङ्ग छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो रहला साथै पुनर्मिलनको योगपनि रहेको छ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो साता आत्मबल बढाएर काम गरेमा बढी सफलता । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । शरीरमा स्फूर्ति र उमङ्ग छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो रहला साथै पुनर्मिलनको योगपनि रहेको छ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो साता नयाँ कार्यको योजना बन्नेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ सम्बन्ध स्थापित हुनेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्म तथा समाजसेवामापनि मनलाग्नेछ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन र स्मरण गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफन्त संग भेटघाट हुनेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । साताको मध्यमा नियमित खर्च बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरणगरी आरम्भ गर्दा शुभफल मिल्नेछ ।

तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो सातामा नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । मानसिक चिन्तापनि बढ्न सक्छ । यात्रामा विश्वास पात्रले भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ । साताको अन्त्यमा मनोरञ्जन र रोमाञ्चक यात्राको योग छ । नयाँ कार्यको योजमा पनि बन्नेछ । यो साताका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता धार्मिक तथा शुभकार्यको यात्राको योग रहेको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शनगरी आरम्भ गर्दा बढी लाभ मिल्नेछ ।

धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो साता धार्मिक यात्राको योगछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बुधवारबाट कामहरु अधुरै रहलान् । लगानी डुव्ने भय छ अतस् सचेत रहनु होला । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेंलो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर – भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज शुभकार्यको चर्चा चल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग सुन्तलारङ्ग वा निलो हो । कुनै शुभकर्म गर्नु अघि मान्यजनको आशीर्वाद लिएर कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, दा

यो सातामा बन्धु बान्धव बाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर पनि मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ८,९ र शुभरङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी आरम्भ कार्य गर्दा सफलता मिल्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । बुधवारबाट यो सातामा घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ । सामान हराउने योग छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सेतो वा सिन्दूरे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको दर्शनगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ११ : ४६ बजे