म्यान्चेस्टर सिटीलाई स्तब्ध बनाउँदै आर्सनल एफए कपको फाइनलमा पुगेको छ । सिटीलाई २–० गोलअन्तरले पराजित गर्दै आर्सनल कीर्तिमानी २१ पटक यस प्रतियोगिताको फाइनलमा पुगेको छ ।
खेलमा पिएरे एमरिक आउबामियाङ नायक बने । आर्सनलका लागि दुवै गोल उनले गरे । खेलको १९ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका आउबामियाङले ७१ औँ मिनेटमा अर्को गोल थप्दै आर्सनलको जीत सुनिश्चित गरे ।खेलको दोस्रो हाफमा सिटीले खेलमा नियन्त्रण बनाए पनि गोलका लागि थुपै अवसरहरु गुमाउन पुगेको थियो ।
सिटी घरेलु कप प्रतियोगिताबाट बाहिरिएको सन् २०१८ पछि पहिलो पटक हो । आर्सनलले पछिल्ला ६ पटक साबिक विजेता टोलीलाई प्रतियोगितामा हराउँदै आइरहेको छ ।