सुनको भाउ फेरी बढ्यो,कतिमा कारोबार भयो आइतबार ?



साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन भने तोलामा ९२ हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । चाँदी शुक्रबार तोलामा ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार  ९ : १८ बजे