नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा २०० घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ।
यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।बजारमा सुन चादिको मुल्यमा भ इ रहने घटबढलाई सामान्यनै मान्ने गरिन्छ ।