प्रहरी प्रधान कार्यालयका थप २८ जनामा कोरोना संक्रमण



पछिल्लो समय काठ्माण्डौ उपत्यकामा समेत कोरोना सङ्क्रमण बढी रहेको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी अधिकारीहरुमा पणी कोरोणा सण्ग्क्रमन पुष्टी भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको हो ।

यस अघी सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए ।

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार  ५ : ४२ बजे