मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकामा ९८ सहित ४ सय ६८ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ सय ६८ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।

आजसम्म १७ हजार २ सय १ जना संक्रमणमुक्त भएका छन् । आज १२४ जना संक्रमणमुक्त भएको डा . गौतमले जानकारी दिए ।

यसै बिच पछिल्लो २४ घण्टामा गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना कोरोना संक्रमित भेटिएका छन्।

काठमाडौंमा ८०, भक्तपुर र ललितपुरमा ९९ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बेध ल्याब ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका १० र ललितपुरका १, वीर अस्पतालमा भक्तपुरका १ र काठमाडौंका ३ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १२ : २४ बजे