मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट नेपालमा एकै दिन ११ जनाको मृत्यु



नेपालमा आज एकै दिन ११ जना कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ । यो कोरोना संक्रमणबाट अहिलेसम्मकै एकै दिन सर्वाधिक मृत्यु पुष्टि भएको रेकर्ड हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमका अनुसार मृतकहरुमा एक महिला र १० पुरुष छन् । मृतकमध्ये दोलखा घर भएकी महिला हुन् भने बाँकी पुरुष हुन् ।

डा । गौतमका अनुसार ११ जिल्लामा ११ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरु मोरङ, पर्सा, बारा सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका बासिन्दा हुन् ।

आजको मृत्युसँगै कुल मृतक संख्या एक सय ३७ पुगेको छ । मृत्यु हुनेमध्ये एक सय ६ पुरुष र ३१ महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ११ : १६ बजे