मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४६ लाख नाघ्यो



विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४६ लाख २३ हजार एक सय ५८ पुगेको छ ।

त्यस्तै,शुक्रबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ३५ हजार पाँच सय ९७ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ७० लाख ९१ हजार दुई सय ८८ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ। हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८४ हजार सात सय ९६, ब्राजिलमा एक लाख १८ हजार सात सय २६, भारतमा ६१ हजार ६ सय ९४ र नेपालमा एक सय ८३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ३ : १८ बजे