मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वभर अढाई करोड कोरोना संक्रमित



विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४९ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४९ लाख आठ हजार तीन सय ९२ पुगेको छ ।

त्यस्तै,शनिबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ४१ हजार तीन सय १६ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ७२ लाख ९९ हजार एक सय ५७ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ। हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८५ हजार नौ सय एक, ब्राजिलमा एक लाख १९ हजार पाँच सय ९४, भारतमा ६२ हजार सात सय १७ र नेपालमा संक्रमितको संख्या ३६ हजार चार सय ५६ नाघेको छ भने एक सय ९५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ०१ बजे