मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौलिक संस्कृति सोह्रश्राद्धमा किन अवरोध ? प्रदिप सत्याल



पितृहरुको मृत्यु भएको दिनमा उहाँहरुको सम्झना गरी श्रद्धापुर्वक सम्झने स्मरणिय कार्यनै श्राद्ध हो । भाद्र शुक्ल पुर्णिमा देखि आश्मिन औशी सम्मको सोह्र तिथिमा श्राद्ध गरिने भएकोले यस समयको श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो भन्ने विद्धानहरुको मत रहेको पाईन्छ । आश्विन कृष्ण पक्ष पितृहरुलाई तिप्त तुल्याउने उपयुक्त समय मानिन्छ त्यसैले यसलाई पितृपक्ष भनिएको हो ।

सोह्र श्राद्धको अवधीमा हामी पितृसँग र पितृ हामी सँग जोडिएको हुन्छन् । त्यसकारण यस अवधिमा अन्य शुभ मांगालिक कार्य नगरेर पितृहरुलाई एकाग्रता र पुर्ण रुपमा सम्मानका साथ जोडिएर वस्दछौं । शास्त्रानुसार पितृ तथा देव योनिकाहरु टाढावाटनै कुराहरु सुन्दछन् । पूजा र प्रसाद ग्रहण गर्दछन् भने प्रार्थनावाट सन्तुष्ट पनि हुन्छन् । यसर्थ यसलोकमा गरिएको श्राद्धले हाम्रा पितृहरुलाई सन्तुष्ट वनाउँछ र श्राद्धकर्ताहरुलाई शुभ आशिर्वाद प्राप्त हुन्छ ।

देशको पहिचान त्यसै देशको संस्कृतिले दिइरहेको हुन्छ । परम्परागत संस्कृति चाडपर्व उत्सवहरुको मौलिक पनले संस्कृतिको गरिमा रहन्छ । संस्कृतिले समाजका सवैक्षेत्रमा प्रभाव पार्दछ । संस्कृति भनेको कला,नैतिकता,कानून,धर्म र यस्तै गुन सम्पन्न विषयवस्तुहरु हुन् जुन सामाजिक रुपमा मानिसले आर्जन गर्दछ । यो मानव जिवनको कार्यशैलिको सम्पुर्णता हो । तर पछिल्ला वर्षहरुमा हाम्रो संस्कृतिमाथी पाश्चात्य संस्कृतिको प्रभावले मौलिक संस्कृति माथी विकृत वन्ने खतरा तत्काल देखिन्छ । पाश्चात्य संस्कतिको प्रभावले हाम्रो मौलिकतालाई धरासायी वनाउँदै लगेको देखिन्छ । संस्कारलाई समाप्त पार्दै अरुको धर्म र संस्कारलाई अनुसरण गर्दै जानु भनेको आफ्नो पहिचानलाई गुमाउनु हो । सभ्य र सुसंस्कृत समाज निर्माण्को मार्गदर्शन नै वौद्धिक सनातन(हिन्दु) धर्म हो । वेद,पुराणजस्ता शास्त्रले वताएको विधिअनुसार आफ्नो पितृहरु प्रति गर्नुपर्ने कार्यलाई श्राद्ध भनिन्छ । पितृकार्य अन्य कार्यहरुको तुलनामा श्रद्धापुर्वक गर्नुपर्ने भएकाले पनि पितृहरुको उपासना कार्यलाई श्राद्ध भनिएको हो ।

यस्तो महत्वपुर्ण र साँस्कृतिक रुपमा मौलिकता रहेको यो सोह्र श्राद्धलाई वाहुनहरुको चाडको रुपमा अपव्याख्या गर्नेहरुको प्रभावले यसलाई अन्य संस्कृति माथी भइरहेको प्रहारको निरन्तरताको रुपमा हेर्न सकिन्छ । संस्कृतिको संरक्षण गर्नुपर्ने सरकारको समेत अदुरदर्शिताले यस्ता विषयमा मौनप्राय छ । कहिलेकाही त संरक्षणकर्ताको भूमिका विर्षेर संस्कृतिको निरन्तरतामा नै सरकार धावा वोल्न अग्रसर हुन्छ । यसको पछिल्लो उदाहरणको रुपमा पछिल्लो समय कोरोना महामारीको नाममा भएको अवरोध । सोह्र श्राद्धको स्थापित मान्यता संस्कृतिको प्रभाव,महत्व र विश्वासलाई लत्याएर मौलिकताको संरक्षणलाई विर्सिएर भर्चुअल श्राद्धको उर्दिलाई के भनेर वुझ्ने ?

मन्दिरमा पुजा पाठ र दर्शनले भिडभाड वढाउँछ भनेर घरमानै नमन गरेर वस्नु सरकारको कदमलाई मान्यता दिनु र सचेतताको उदाहरण हो । सरकारले उर्दि वाहेक सरकारले के गर्यो जसले गर्दा संस्कृति प्रहारको क्षमा मिलोस केही छैन । संकमणको कारण देखाएर अनलाइन सोह्रश्राद्ध गर्नु भनेर राज्यले निर्देशन दिनु गलत रहेको भनाई यससँग सम्वद्ध पक्षहरुले वताइसकेकोले सरकारले यथोचित प्रवन्ध मिलाउनु पर्दछ । धर्मप्रति सरकार स्वतन्त्र हुनुपर्नेमा धर्ममा सरकारले हस्तक्षेप गरेको पक्षमा यसलाई विश्लेषण गरिएकोछ । संक्रमणको डर देखाएर संस्कार माथी रोक लगाउने कार्यलाई स्विकार गर्न नसकिने सम्वन्धित पक्षको भनाइ रहेको पाइन्छ ।

श्राद्धको कार्य एक जना व्राम्हण र एकजना कर्ता मात्र भएर गर्न सकिने भएको हुँदा संक्रमणको सचेतता सहित कार्य गर्न पाउने व्यवस्था गर्न सन्देश दिनुपर्नेमा व्राम्हणहरुलाई जजमानको घरमा जानलाई रोक लगाउनु गलत भएको तर्कलाई खण्डन गर्न सकिँदैन । सरकारले भन्नु पर्यो अनलाइन वाट कसरी श्राद्ध हुन्छ ? विधि कसरी पुर्याउने ?व्राम्हणलाई टिका कसरी लगाउने ?

जसरी निषेधआज्ञा र लकडाउनमा विभिन्न आवश्यक पेशा व्यवसायलाई निरन्तरता दिइएकोछ । त्यसैगरी यि सांस्कृतिक महत्वको पर्वहरुलाई निरन्तरतामा अवरोध जायज छैन । दलहरुको पार्टी प्रवेश कार्यक्रम सही र व्राम्हण जजमानले घरभित्र गर्ने श्राद्ध रोक्न जारी फरमानको तादम्यता मिल्ला र ?

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ११ : ५७ बजे