मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकामा ४५४ जना सहित १३ सय ५९ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४४ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले जानकारी दिए ।

तेसै गरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रिमत थपिएका छन्।

योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ४ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३८६, ललितपुरमा ३६ र भक्तपुरमा ३२ संक्रमित थपिएका हुन्।

आजसम्म २५ हजार ५ सय ६१ जना संक्रमणमुक्त भएका छन् ।

आज १३ सय ५४ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ४४ बजे