मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकामा ३५४ जना सहित ९ सय ८० कोरोना संक्रिमत थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ९ सय ८० जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ४६ हजार २ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

तेस्तै पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय ५५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएका हुन्।

आजसम्म २८ हजार ९ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज १८ सय १४ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १० : ४८ बजे