मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठ्माण्डौ उपत्यकामा ३९६ सहित ९०२ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ९ सय २ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ४८ हजार १ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

तेसैगरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३९६ जना कोरोना संक्रिमत थपिएका छन्।

योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार ९ सय ७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिएका हुन्।

आजसम्म ३२ हजार ९ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

आज २२ सय ८७ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १० : ५२ बजे