मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकामा ४६४ जना सहित १०८१ संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ८१ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ४९ हजार २ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

तेसैगरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रिमत थपिएका छन्।

योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ हजार ४ सय ४१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३४ संक्रमित थपिएका हुन्।

आजसम्म ३३ हजार ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् ।

आज ९१८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १० : ५३ बजे