मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९का शंकास्पद व्यक्तिको मृत्यु पश्चात् पिसिआर परीक्षण नगर्न नगराउन निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शकास्पद व्यक्तिको मृत्यु भएमा शवबाट नमुना निकाली पिसिआर परीक्षण गर्न नपर्ने बताएका हुन्।

उनले भने,‘शंकास्पद व्यक्तिको मृत्यु भएमा सबै सुरक्षाको सबै उपाय अपनाएर शव व्यवस्थापन गर्ने र सो कार्यका सलग्न सबै व्यक्ति अनिवार्य रुपमा आइसोलेसनमा बस्नपर्छ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी पनि मरेको व्यक्तिको नमुना परीक्षण गर्ने भनेर पहिले पनि मन्त्रालयले नभनेको बताए।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १२ : ५६ बजे