हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा स्थलगत अध्ययन गर्न गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले उत्तरी छिमेकी मुलुक चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि फेला परेको छ ।
सीमास्तम्भ नाम्खा गाउँपालिका ६ टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए । उनका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा भेटिएको छ ।‘टाकुले लेकको खोचमा हिउँसँगै दबेर रहेको ढुंगाजस्तो बस्तु देखेपछि सुरक्षाकर्मीले माटो र हिउँ पन्छाएर हेर्दा ११ नम्बर सीमास्तम्भ रहेछ ।’गाउँपालिका अध्यक्ष तामाङले भने,
चीन र नेपाल बीचको सिमानामा रहेको ११ नम्बरको सीमास्तम्भ फेला परेपछी अब चीनले बनाएका भवन कसको भूभागमा पर्छ भन्ने यकिन हुने छ । थप अध्ययन गरेपछी चीनले बनाएका भवन कसको भूभागमा पर्छ भन्ने यकिन हुने नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ बताउँछन् ।
११ नम्बर पिलर लामो समय देखी नभेटिदा नेपाल र चिन बिचको सिमामा छुट्ट्याउन कठिनाइ भएको थियो भने नेपालाले पनि भोग चलन गरेको क्षेत्रलाई चिनले आफ्नो दाबी गर्दै भवन बनाए पछी ति भवनहरु कस्को भुमिमा पर्छन भन्ने समेत अन्यौल उत्पन्न भएको बताइएको थियो ।
नेपालको दक्षिणी क्षेत्रमा छिमेकी देश भारत सगा दर्जनौ स्थानमा सिमा बिबाद रहेको बेला उत्तरी छिमेकी चिनसग पनि सिमाका बारेमा नयाँ बिबाद शुरु भएको छ ।








