प्रधानमन्त्रीकी निजी चिकित्सक शाहलाई कोरोना संक्रमण



प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा । दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शाह त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत हुन् । त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गराएकी उनलाई शनिबार कोरोना पुष्टि भएको हो।

शाह अहिले होम आइसोलेसनमा बसिरहेकी छन् । हाल उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नगरेको बताएकी छन् । लामो समयदेखि प्रधानमन्त्रीसँग भेटघाट नगरेको उनले बताएकी छन् ।

यद्यपी डा । गोविन्द केसीसँग भने भेटघाट गरेको उनले बताएकी छन् । यद्यपी सामाजिक दुरीको मापदण्ड अपनाएको बताएकी छन् ।

प्रकाशित मिति : आश्विन १०, २०७७ शनिबार  १० : ३५ बजे