मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना बिरुद्दको रुसी खोप नेपाल आउने पक्का



रुसले निमार्ण गरेको कोरोना भाइरसविरुद्धको खोप नेपाल पनि भित्रिने पक्का भएको छ । मंगलबार रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच भ्याक्सिन सम्झौता भएको हो ।

सम्झौता भएसँगै रुसबाट २ करोड ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन डोज नेपाल आपूर्ति हुने भएको हो । हाल रुसको उक्त खोप विश्वका विभिन्न स्थानमा परीक्षण भइरहेका छन्। खोपले सकरात्मक परिणाम दिइरहेको बताइएको छ।

खोप सफल भएसँगै विश्वभर प्रदान गर्ने तयारीमा रुस रहेको छ । रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको स्पुतनिक–भी भ्याक्सिनलाई केही समय अगाडि मात्र त्यहाँको सरकारले प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो। एजेन्सी ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १२ : ०७ बजे